Showing posts with label travels. Show all posts
Showing posts with label travels. Show all posts

2.06.2007

water

Goa
Banaras


3.16.2006

Greetings from Thailand

My dear friends

Warm greetings from Thailand, the land of smiles!

I have been here for two weeks now and will stay for a couple of weeks with a friend in northern Chiang Mai before returning to Kathmandu next month. It's my second time in Thailand and I have been having such a lot of fun...

I have been to Pattaya and Nakhon Si Thammarat - both have the sea and the beautiful beaches. Pattaya is very touristy, of course. But Nakhon in the south is more like countryside. I stayed with a local family there, eating Thai, talking Thai and behaving Thai! While in Nakhon, I had the opportunity to visit the Ao Nang beach in Krabi... God, this is the place - so beautiful! Also, my friends took me to another beach whose name I cannot remember now (because it's too long!), where life in 1962 was devastated by a disaster similar to the Tsunami.

Left Nakhon last night and am posting this message from Bangkok. I must admit I don't like this place very much. The country is much friendlier!

Tomorrow morning, I take the train to Chiang Mai, where I was last week and where I already have a lot of friends. I have been teaching them English and learning Thai from them in return. Who knows if this is where my future lies?

Haven't been following any news from Nepal (as I wrote to Gyanu), but it does not look good there. Take good care.

When I get back, I will have an interesting niyatra-like story to post, involving a local lass... hmmm!

Have a great day!

Hikmat

2.28.2006

शिवरात्रीमा

दौलेको फोटोहरु र रिपोर्ट आउन बाँकी नै छ। अहिलेलाइ मेरो छोटो गन्थन।

पशुपतिनाथको दर्शन गर्न गएको अस्ती शिवरात्रीमा । परुजे सँग भेट भैरा बाटोमा । केटो अर्को एउटा लामो लामो कपाल भएको एउटा ठिटो सँग झ्याप भएर हल्लिरा थियो । कता जानु भनेर सोध्यो । उ पुल पारी जा न , त्यहाँ टन्न बाबा हरु बसिरछ भन्या कताहो त्यो पुल भन्छ । एक छिन बसेर तल्लो गंगा र उपल्लो गंगाको कुरा गरुं भनेर एउटा चिया पसल भित्र छिर्यों । कता कता बाट कुरा चारल्स म्यान्सन मा पुगिरा।

परुज कस्तो छ भने गोरो, लामोलामो कपाल भएको, जटाधारी, लाल् लाल् नेत्र भयेको, बिल्कुल माहादेव को अबतार प्रकट भयसरह्। फेरि सब्बैले उल्लाइ कुइरे भन्थानेर, जय शम्भो! जय शम्भो! भनेर अभिबादन गर्न थाले।

बक्ख परें म त। यो पालीको शिवरात्रीमा।

2.18.2006

नियात्राको दोस्रो भाग

पहिलो भाग यहाँ

बिहान ६ बजे ब्युँझन्छु । उज्यालो भइसकेछ । सुनकोशीको तीरमा महादेवको मन्दिर छ । त्यहाँ पूजा गर्न गए झैं गर्छु तर मेरो ध्येय अर्कै हुन्छ, जस्तै नदीमा पुगेर हात, मुख, टाउको पखाल्ने । पानीसँग फेरि होली खेल्छु । सम्झिन्छु - कुनै समय गाउँमा छँदा मेरो हरेक दिन यसरी नै बित्थ्यो । सम्झिन्छु - काठमाडौंको धारामा पानी नआउँदा कति दिन नुहाउन पाइँदैन, दु:ख हुन्छ ।

लजमा फर्किन्छु । नास्ता खान्छु । हिसाब बुझाउँछु । र फेरि आउने वाचा गर्दै त्यहाँबाट विदा हुन्छु । बसपार्कमा बनेपातिरबाट आएको खाली बस भेटिन्छ । बाह्रबीसे जाने रे ! लौ त्यसो भए नगएको ठाउँ हो, के भो र ! चढ्छु । एक-डेढ घण्टापछि बाह्रबीसे पनि आइपुग्छ । मैले सोचे जस्तो डाँडाको टाकुरामा नभएर बाह्रबीसे बजार बेसीमा पो रहेछ । केही बाक्लो, केही व्यस्त ।

बसबाट ओर्ह्लेपछि केही बेर हिंड्छु र अर्को बस भेटिन्छ - तातोपानी जाने । ओहो, तातोपानी !

'... कोदारी ज्यानको तातो है पानी नेपालको सिमाना
नेपालको सिमाना मेरी माया नेपालको सिमाना
तिम्रो र हाम्रो मन मिल्यो भने के गर्छ जमाना
के गर्छ जमाना मेरी माया के गर्छ जमाना...'

रेडियोमा सुनेको थिएँ, धेरै पहिले यो लोकगीत । र सुनेको थिएँ तातोपानीमा नुहाउँदा छालाका विभिन्न रोगहरू आफै बिसेक हुन्छन् रे ।

लौ बाह्रबीसेमा के गर्ने, तातोपानी जाने भइयो । बसमा चढिहाल्छु, तर बस्ने ठाउँ भेटिंदैन । भाडा संकलन गर्ने भाइ सोध्छ - कहाँसम्म पुग्ने हो, तातोपानी कि लिपिङ । लिपिङको नाम मलाई थाहा भएन । उसले बुझायो । नेपाल र तिब्बतलाई मितेरी पूलले जोड्ने ठाउँ, त्यो नेपाली सिमाना रहेछ लिपिङ । साढे दुई घण्टापछि लिपिङ आइपुग्छ । सबै ओर्ह्लन्छौं । लौ वारि नेपाल, पारि तिब्बत - तर जहाँ प्रशासन चीनको चल्छ । अनि उः माथि देखिने भीरमा अल्झेको जस्तो घना बस्ती - त्यो खासा बजार, ल्हासा जाने बाटो ।

लिपिङको एक तामाङ्ग होटलको दालभात विशेष मीठो लाग्छ । त्यहाँ पनि ग्राहकलाई खुवाउने चुठाउने काम दुई कलिला छोरीहरू गरिरहेछन् । तीमध्येकी सानीलाई म जिस्काउन खोज्छु । नाम सोध्छु । ऊ हाँस्दिन । बोल्दिन । म उसको होटलमा के खान आएको छु उसलाई त्यससँग मात्र सरोकार छ । खाना खाएपछि मलाई तिब्बतको भूमिमा पदार्पण गर्न मन लाग्छ । कडा सुरक्षा जाँचपछि मेरो नागरिकताका भरमा मलाई एक दिनको लागि चिनियाँ भूमिमा घुम्ने अनुमति पत्र दिइन्छ । मितेरी पूलमा एक छिन अडिन्छु । पूलमुनि भोटेकोशी गर्जँदै छ । पूलको पल्लो छेउमा चिनियाँ सुरक्षाकर्मी तैनाथ छन् । र त्यता एउटा द्वार छ जसमा लेखिएको छ - 'गणतन्त्र चीनमा तपाईंलाई स्वागत छ ।'

मलाई उदेक लाग्छ भोटेकोशीको ताकत देखेर । एउटा नदीको भरमा यी दुई मुलुक कसरी छुटिए ! भौगोलिक बनोट एउटै छ । प्राकृतिक संरचना उस्तै लाग्छ । तर वारि र पारिको हावा पनि फरक हो कि जस्तो ! बोलीभाषा त फरक हुने नै भयो । चिनियाँ भूमिमा चीनले बनाएका आधुनिक भवनहरु र नेपालको सिमानामा गरीबका झोपडीहरु - यस अर्थमा यी दुई देशको भौतिक विकासको कथै अर्को जस्तो !

पूलपारि चिनियाँ भूमिमा चहलपहल धेरै छ । त्यहाँ पनि प्रायः नेपालीहरू नै देखिन्छन् । चिनियाँ व्यापारी र सुरक्षाकर्मी सामान्य नेपाली बोल्न सक्छन् । मलाई तिब्बती माटोको लोभ लाग्छ । खासासम्म जाने फाट्टफुट्ट चिनियाँ गाडीहरू भेटिन्छन् । सय रुपैयाँ भाडा लिन्छन् । नेपाली मुद्रा खासा बजारमा पनि चल्छ । खासा बजार - जसका सस्ता कच्चा सामानहरू काठमाडौंमा छ्याप्छ्याप्ती पाइन्छन् ।

एउटा चिनियाँ सवारी चालक खासा लैजाने ग्राहक बटुल्दै छ । ईशाराको भरमा म उसको सानो गाडीभित्र बस्छु । ऊ गाडी कुदाउँछ । बाटो कच्ची छ - बाह्रबीसे लिपिङ खण्ड जस्तो, तर त्यति डर लाग्दो पनि हैन । करीब आधा घण्टाको उकालोपछि आइपुग्छ खासा । त्यहाँ सुरक्षाकर्मीले फेरि केरकार गर्छन् । अंग्रेजी बोल्दैनन् । हल्का नेपाली जान्दछन् । ईशाराको भर पर्नुपर्छ ।

घोप्टेभीर जस्तो ठाउँमा भएको अदभूत विकास, खासा बजार टाढाबाट जति सुन्दर देखिन्छ, वास्तवमा नजीकबाट त्यो त्यस्तो लाग्दैन । सामान्य लाग्छ । त्यहाँ पनि प्रशस्त नेपाली व्यापारी र कामदारहरू छन् । र त्यहाँ बसोबास गर्ने चिनियाँहरू अधिकांश नेपाली जस्तै गरीब र अशिक्षित छन् ।

शनिबारको दिन भएकोले खासा बजार प्रायः बन्द छ । तर मलाई बजारको पल्लो छेउसम्म पुग्न मन लाग्छ । हिंड्छु, तर किनमेल गर्दिनँ । सुनेको छु यहाँ किनमेल गर्न खोज्दा कहिलेकाहीं झमेलामा पनि फसिन्छ रे ।

करीब दुई घण्टा बित्छन् खासामा । फर्किने बेला कसैले बोलाएको सुन्छु । पारिपट्टि एउटा घर बाहिर भर्‍याङ जस्तो खुट्किलो छ । त्यहाँ दई युवतीहरू छन्, अथवा किशोरी नै भनौं । उमेरले शायद २० वर्ष पनि ननाघेका । बोलाउँछन् । कर गर्छन् । आऊ, गफ गरौं, माथि कोठा छ, त्यहाँ गएर बसौं भन्छन् । एकछिन अलमलिन्छु । तिनको कुरा नबुझे झैं गरी तिनलाई पछ्याउँछु । मलाई कौतूहलता हुन्छ । अनि आफूमाथि पूरा भरोसा पनि लाग्छ । त्यसैले म डर्दिनँ । तर यो मेरो लागि नौलो अनुभव । लाग्छ - यी भोटिनीहरू कति आँटिला !

तिनीहरूले एक तला बहालमा लिएका रहेछन् । त्यसमा दुई कोठा छन् जसमध्ये एक भित्री, गोप्य कोठा छ । अर्को बाहिरी, खुला र फराकिलो कोठा, जहाँ टिभी-भिसिडी छ, सोफाहरू छन्, टेबल छ, खाने ठाउँ छ र एक कुनामा बियर बार पनि ।

म उनीहरूको कोठामा प्रवेश गर्दा त्यहाँ आधा दर्जन सुन्दर अनुहार भएका युवतीहरू छन् । 'हामी खासाको तरुनीहरू हो, हामीसित मोज गर' ती भन्छन् - चुरोटको धुवाँ उडाउँदै, हाँस्दै, अट्टहास गर्दै । तीमध्ये एउटी मेरो छेउमा टाँसिएर बस्छे ।

अब मलाई डर लाग्छ । यिनले मलाई फसाए भने - यिनले मलाई लुटे भने - आखिर यो मेरो भूमि होइन । यहाँ मेरो पाइलो लुलो हुन्छ । तर ती सोध्छन् - 'तँलाई के पिउन मन छ ? तँलाई कस्तो केटी चाहियो - टिबेटन, चाइनिज, नेपाली ?' बोल्दिनँ । ती मलाई बियर पिउन आग्रह गर्छन् । नकार्छु । कोक त पिऊ भन्छन् । त्यो पनि मान्दिनँ । एकछिन टोलाएर बस्छु । तिनीहरू आफू-आफूसँग तिब्बती भाषामा कुरा गर्दैछन्, तास खेल्दैछन्, टिभी हेर्दैछन् । भित्रबाट दरिलो गरी चुकुल लगाएका छन् । बेलाबेलामा झ्यालबाट बाहिर पनि हेर्दैछन् ।

तर मलाई फर्केर नेपाल जानु छ । तातोपानीमा बास बस्नु छ । मलाई उनीहरूको हाउभाउ र गतिविधि मन परेको छैन । त्यस कालकोठरीभित्रको हावा मन परेको छैन । त्यसैले उनीहरूसँग विदा हुने अनुमति माग्छु । शुरुमा ती केही बोल्दैनन् । 'यति छिटै गइहाल्ने - केही पिएर त जा, केको हतार !' मलाई फकाउँछन् । केही बेरपछि तीमध्येकी सबैभन्दा सानी केटी मलाई भन्छे - 'फर्कने भए ढिला नगर् । ५ बजेपछि खासाको नाका बन्द हुन्छ, त्यसपछि पुलिसले तँलाई तल जान दिँदैन ।' उसको सामयिक चेतावनीको लागि उसलाई धन्यवाद दिन्छु । चिनियाँ समय अनुसार ५ बज्न १५ मिनेट मात्र बाँकी छ । जुरुक्क उठ्छु । सानी मेरो लागि ढोका खोलिदिन्छे । मेरो सकुशल रिहाइ हुन्छ । ढोका फेरि लाग्छ ।

एक हिसाबले घिनलाग्दो र अति लाजमर्दो घटना । तर अर्को हिसाबले एउटा गजबको अनुभव यो मेरो लागि ! आखिर मैले केही नयाँ कुरा सिकें पनि । तिनीहरूको साहसको त मैले प्रशंसा गर्नैपर्छ ।

खासा बजारको नाकाबाट बाहिरिएपछि केही समय कुर्नुपर्ने हुन्छ । अनि अघि हामीलाई माथि खासासम्म ल्याउने मोटर फेरि भेटिन्छ । त्यसै मोटरमा चढ्छु र मितेरी पूलसम्म पुग्छु । पूलमा टेक्दा पानीले छिट्याउँछ र लिपिङ पुग्दा पानी दर्कन्छ पनि । तातोपानी जान ठीक्क परेको एउटा बस भेटिन्छ । आधा घण्टाको कुराइपछि खचाखच भएर बस हिंड्छ ।

१५ मिनेटमै तातोपानी आइपुग्छ । त्यहीं झर्छु । बास खोज्छु । तातोपानी धाराको छेउमै एउटा लज छ - ताप्लेजुङ्ग लज, ताप्लेजुङ्गबाट आएका शेर्पाहरूले चलाएको पाहुनाघर, काठले बारेको कटेरो । त्यहाँ एकल कोठा भेटिन्छ । झोला बिसाउँछु । धारामा गएर टिकट काट्छु र भतभत उम्ले झैं लाग्ने पानीमा आधा घण्टा नुहाउँछु । सफा र तन्दरुस्त हुन्छु । शायद शरीर र मनको विकार पनि पखाल्छु । यो ठाउँ असाध्यै सुन्दर छ । शायद फेरि आउनुपर्छ । जाडोको मौसममा भए अझ राम्रो । बन्जी जम्प पनि यहाँबाट धेरै टाढा छैन ।

भोटेकोशीले कुर्लन छोडेको छैन । र पारिपट्टि चट्टान जस्तो चिनियाँ भूमिको भीरले एकटक टोलाएर हेर्दैछ । आँखाका ढक्कनी बन्द हुन खोज्दैछन् । भोलि बिहान छिटो उठ्नु छ । एक चरण फेरि नुहाउनु छ । ८ बजेतिर बाह्रबीसेको गाडी समातेर काठमाडौं र्फकने व्यवस्था मिलाउनु पर्नेछ ।

भोटेकोशीको सुमधुर संगीतलाई धेरै धन्यवाद !

(तातोपानी, २०६१ चैत्र १३)

2.05.2006

बरालिएको मन र पागलपनको पराकाष्ठा : नियात्रा भाग १

कोदारी, तातोपानी (सिन्धुपाल्चोक)
शनिबार, २०६१ चैत्र १३

रातको ८ बज्यो । यस बेला तातोपानी बजार सुतिसकेको छ । ताप्लेजुङ्ग लजमा छु । भर्खरै खाना खाएर कोठामा उक्लिएँ । तीन सुक्खा रोटी र तरकारी - एक शेर्पिनी बालाले पकाएकी । नाम थाहा भएन, तर फरासिली शेर्पिनी दिदी र यस लजका हँसिला, रसिला, ठट्यौला मालिककी शायद एक्ली छोरी । एक किशोरी, जो आफ्नो अधिकांश समय ग्राहकको सेवा गर्दै बिताउँछे - खाना पकाउँदै, पस्कँदै र जूठा भाँडा पखाल्दै । शायद घरायसी कामको चाप र व्यस्तताले उसलाई विद्यालयमा जानेसम्म फुर्सत छैन । तैपनि ऊ खुशी देखिन्छे, अति प्रसन्न । मुस्कुराइरहन्छे । उसैका बाबुले अघि मेरो कानमा सुटुक्क भनेका - उसको भाग्यमा तीन लोग्नेमान्छेहरू छन् रे !

कोठाको झ्याल खुल्लै छ । अँध्यारोले खासै दृश्य नदेखिए पनि आवाज त सुनिन्छ । भोटेकोशी एक सुरले सुसाइरहेको छ । त्यसो त इन्द्रावती र सुनकोशी पनि सुरमा सुर मिलाएर सुसाएको हिजो रातभरि मैले सुनेकै हुँ - केही अंश बिपनीमा, बाँकी अंश सपनीमा ।

हिजो होलीको दिन । होली - जसको परिभाषै फरक भाइसक्यो आजभोलि । होली अब त्यो पवित्र चाड रहेन । होलीले विकृत रुप लिइसक्यो । होली असभ्यताको प्रतीक बनिसक्यो । विशेष गरेर काठमाडौंमा, जहाँ मैले जिन्दगीका धेरै वर्षहरू बिताइसकेको छु । जब होली आउँछ, मेरो गुप्तबास शुरु हुन्छ । कस्तो अचम्म ! म एक जवान पुरुष, नवयुवक । मलाई त रहर लाग्नुपर्ने, उत्सव मनाउन मन लाग्नुपर्ने । लोलाले यवतीहरूलाई भिजाउँदै उनीहरूको हात समाएर अनुहारभरि अबीर पोत्ने - यो मेरो दिनचर्या हुनुपर्ने यस्तो समयमा ।

तर त्यस्तो भएन । न कहिल्यै भएको छ । यस वर्षको होलीले त मलाई काठमाडौं उपत्यका छोडेर भाग्न प्रेरित गर्‍यो । कतै एकान्तमा, कुनै अज्ञात गन्तव्यमा - जहाँ म बाहेक मेरो अरु कोही नहोस्, जहाँ म आफूसँग चाहे जति समय बिताउन सकूँ । जहाँ मेरो दुनियाँ नै अलग होस् ।

झोलामा केही जोर कपडा र यात्रामा आवश्यक पर्ने सामग्री हालेर मध्यान्हको समयमा म निस्कन्छु रत्नपार्कतिर । मलाई आफ्नो यात्राको विषयमा कुनै ज्ञान छैन । सडक खालीखाली छ । शायद सवारी चालकहरू पनि होलीको दिनमा आराम गर्छन् । मलाई थाहा भएन । रत्नपार्कमा सवारी साधनहरू सीमित छन् - अधिकांश उपत्यकाभित्रै चल्ने । बाँकी केही भक्तपुर र त्यहाँभन्दा टाढा भए बनेपा-धुलिखेलसम्म, बस् । चर्को घाम लागेको छ । घामै छल्न भए पनि एउटा गाडीमा सुटुक्क चढ्नु छ । बेनेपाको गाडीमा फुत्त पस्छु । दिनको १ बजेतिर गाडी हिंड्न शुरु गर्छ । कोटेश्वर पार गरेर भक्तपुरलाई छिचोल्दै अरनिको राजमार्गमा हामी हुँइकिन्छौं । बिस्तारै उपत्यका छोडिन्छ, उकालो लागिन्छ, र नयाँ जिल्ला काभ्रेपलान्चोक प्रवेश गरिन्छ । अरनिको राजमार्गमा मेरो यो यात्रा पहिलो होइन । दुई-तीन वर्ष पहिले चरिकोट जाँदा यो बाटो म हिंडिसकेको छु ।

गाडी तीव्र गतिमा कुदिरहँदा म झ्यालबाट बाहिर हेर्दैछु । यात्रामा मेरा आँखा खुला रहन रुचाउँछन् । त्यसैले होला, यात्राको लागि मलाई रातको अँध्यारोभन्दा दिनको उज्यालो बढी मनपर्छ । तर शायद म प्राकृतिक सौन्दर्य मात्र अवलोकन गर्दिनँ । हरेक यात्रामा मेरो मनको आँखा पनि उघ्रन्छ । कहिले विगतको यादमा हराउँछु । भवविह्वल हुन्छु । हाँस्छु । मुस्कुराउँछु । कहिले अथाह भविष्यको कल्पनामा मग्न हुन्छु, दङ्ग पर्छु । अनि तुलना गर्न मन लाग्छ जिन्दगीलाई हरेक यात्रासँग । मेरो यात्रामा कुनै तनाव हुँदैन, कुनै हतार हुँदैन । मेरो यात्रा हरेक जिन्दगीभन्दा केही पृथक, एक सुखद अनुभव भइदिन्छ ।

बनेपा आइपुग्छ । बजार बन्द छ । गाडीहरू चलेका छैनन् । तर काठमाडौंको होली प्रथा त्यहाँ नपुगेको भने होइन । हामी गाडीभित्र बसेका मान्छेलाई पनि त्यहाँका बालबालिका र युवाहरू पानी छ्याप्छन् , भिजाउँछन् । खलाँसी भाइले 'तपाईंहरू जहाँ जानु हो जानू, गाडी यहाँभन्दा पर जाँदैन' भनेर हामीलाई विदा गरिदिन्छ । देख्छु - एउटा जीप जस्तो, पछाडिको भाग खाली भएको मोटर मान्छेहरूले खचाखच भइसकेको छ । तर त्यसको चालक पाँचखाल र दोलालघाटसम्म पुग्ने यात्रीहरू बटुल्न अझै व्यस्त छ ।

बनेपा शहर सुनसान छ, रौनकविहीन । र दिन अझ पनि धेरै बाँकी छ । त्यसैले मलाई त्यहाँ बस्न मन लाग्दैन - काठमाडौं जस्तै, काठमाडौंबाट धेरै नजीक त्यस शहरमा । मलाई लाग्छ शायद दोलालघाट त्यसको उत्तम विकल्प हुनेछ । उभिएरै भए पनि जाने आँट गर्छु र चढ्छु त्यस मोटरमा । माथि समाउनलाई फलामको डन्डा छ, त्यसभन्दा माथि खुला आकाश । भूइँमा टेक्नलाई ठाउँसम्म छ । सुविधा पटक्कै छैन । हामी सबैलाई बाधा परिरहेको छ - विशेष गरी हाम्रा महिला सहयात्रीहरू र एक बिरामी बालकलाई । तैपनि हामी हाँस्दै-हसाउँदै छौं । मेरा लागि यस यात्रामा सबै बिराना छन् , तर मलाई त्यस्तो लाग्दैन । सबै आफ्नै जस्ता लाग्छन् । ठाउँ-ठाउँमा हामीलाई भिजाउने प्रयत्न जारी रहन्छ - शायद राजमार्गको होली प्रचलन पनि यस्तै हो ! सवा एक घण्टाको यात्रापछि दोलालघाट आइपुग्छ । जीउ धुलोले ढाकिएको छ । टाउको हल्का दुखेको छ । बसपार्कमा उत्रेपछि कहाँ जाने टुङ्गो छैन ।

भर्खर ३ बज्यो । दिन अझ धेरै बाँकी छ । तर दोलालघाटभन्दा उता गाडीहरू शायद आज चल्दैनन् । त्यसैले जानी-नजानी बसपार्क छेउको पातलो बस्ती छिचोल्दै म लाग्छु एउटा लजको खोजीमा । केही बेर उक्लेपछि उकालै समाप्त हुन्छ, जहाँ त्रिवेणी आकारको एक ढिस्को छ । त्यहाँ केही पसलहरू छन् र त्रिवेणी नाम गरेकै एउटा तामाङ्गहरूको लज पनि । त्रिवेणीमा झोला बिसाउँछु, खाजा खान्छु र बास माग्छु । बायाँतिर हेर्छु, इन्द्रावती सुसाउँदै छ, केही शान्त मुद्रामा । मेलम्ची पनि भन्छन् त्यस नदीलाई - जसको खानेपानी काठमाडौंसम्म पुर्‍याउने गुरु योजना छ क्यारे । कठै, त्यसपछि त्यो नदी सुक्यो भने ! तर तामाङ्ग दाइ भन्छन - 'नदी हो, कहाँ सुक्छ ? खहरे खोला हो र सुक्नलाई ?'

पारि दायाँपट्टि सुनकोशी सुसाउँदै छ - अलि ठूलो आवाजमा । इन्द्रावती र सुनकोशीको संगम विन्दु नै दोलालघाट रहेछ । यहाँ माछा प्रशस्त पाइँदो रहेछ । यहाँ माझीहरू बसोबास गर्दा रहेछन् । माछा मार्दा रहेछन् , बेच्दा रहेछन् र जीवीकोपार्जन गर्दा रहेछन् । माझीका केटाकेटीहरू स्कुल नगई डुङ्गा चलाउँदा रहेछन् र बल्छी खेल्दा रहेछन् । कलिलो अवस्थादेखि नै माझीहरूमा चेतनाको कमी रहेछ ।

चना, तरकारी, चिउरा र दहीको नास्ता खाएपछि म घुम्न निस्कन्छु र पुग्छु पहिले इन्द्रावतीको नदी किनार । कोही त्यहाँ भाँडा र कपडा धुँदैछन् । कोही नुहाउँदै छन् । र युवाहरूको एक जमात ढोलक ठटाउँदै चर्को स्वरमा गाउँदै र नाच्दै पनि छ ।

जुत्तामोजा फुकाल्छु । खुट्टा पानीमा चोबल्छु । पानी स्वच्छ छ - निर्मल, निश्चल, कंचन ! अनायास पानीसँग होली खेल्न मन लाग्छ । अँजुलीभरि पानी बटुल्छु, आफैंलाई छ्याप्छु । काठमाडौंको लामो बसाइले कहिलेकाहीं नदीमा सफा पानी बग्न सक्छ भन्ने कुरा पनि बिर्साइदिँदो रहेछ शायद !

घाम अस्ताउने बेला अझै भएको छैन । इन्द्रावतीलाई पछ्याउँदै किनारै किनार हिंड्न मन लाग्छ । कतै बालुवाको बगर भेट्छु । त्यहाँ केही लेख्न मन लाग्छ, आफ्नो यात्राको निशाना छोड्न मन लाग्छ । एउटा लट्ठी टिप्छु र कोर्छु थाहा छैन के के ! कतै बगर अग्लिएको छ, कतै नदी गहिरिएको छ । गहिराइलाई जिस्काउन मन लाग्छ । टिप्छु ससाना ढुङ्गाहरू र फाल्छु एक-एक गर्दै नदीमा । त्यसो गर्नुको कुनै लक्ष्य र उद्देश्य छैन । कहिल्यै बर्बराउँछु । कहिल्यै गुनगुनाउँछु । चलचित्रको अभिनेता जस्तो, पुस्तकको पात्र जस्तो ।

वारिपारि हरिया डाँडाहरू छन् । पातला गाउँबस्ती छन् । त्यहाँ जीवनको आफ्नै गति छ । तर त्यहाँ कत्ति पनि पागलपन छैन ।

इन्द्रावतीको कुरा अहिलेलाई यति नै, अब सुनकोशीको पालो । तर सुनकोशीको बगर पल्लोपट्टि छ । एक मन भन्छ - पारि माझी केटाहरू डुङ्गा कुरेर बसिरहेका छन्, सिठी फुकेर तिनलाई बोलाऊँ। अर्को मन भन्छ - केही बेर उक्लौं, त्यसपछि तेर्सो हिंडौं र झोलुङ्गे पूल भेटौं, अनि पारि पुगौं । आखिर दोस्रो मनको विजय हुन्छ ।

झोलुङ्गे पूलमा रोकिन्छु र सोच्छु - यो ठाउँ मेरै लोहोरे, चुप्रा, डुङ्गेश्वरभन्दा फरक छैन । मेरो जिल्लामा पनि सफा नदीहरू छन्, सुन्दर बस्तीहरू छन् । अघि बढ्छु । मान्छेहरू मलाई घोरिएर हेर्छन् । नयाँ भएर होला । कोही सम्झन्छन् म परियोजनाको कार्यकर्ता, शायद विदेशी मुद्राको तलब असुल्दै कुनै विकासे कार्यक्रमको सिलसिलामा र्सर्वेक्षण गर्न हिंडेको छु । कोही ठान्छन् म एउटा साथीसम्म लिएर नहिंड्ने एकलकाँटे मान्छे, शायद ममा कुनै खराबी छ । अनि एउटा यस्तो तेस्रो वर्ग पनि छ जो हरेक नौलो व्यक्ति देख्‍नासाथ झस्कन्छ र उसबाट टाढै रहन चाहन्छ । म बुझ्छु यी सबै कुराहरू । मलाई मतलब पनि हुँदैन । मलाई त यहाँ सुन्दर प्रकृतिका उपहारहरू प्रिय छन् । शीतल पवनको वासन्ती सर्सराहट मन परेको छ । शान्त नदीको कलकल संगीत प्यारो लागेको छ । म प्रकृतिसँग कुरा गर्छु - हाम्रो भाषा मिले पनि, नमिले पनि । कहिले चंचल केटाकेटी जस्तो, कहिले मात लागेर लट्ठिएको जँड्याह जस्तो - नदी किनारमा लड्दै र लर्बराउँदै, चिप्लँदै र चल्मलाउँदै - मेरो यात्रा जारी रहन्छ, जबसम्म घाम अस्ताउँदैन ।

दोलालघाटमा रात पर्छ । शायद काठमाडौंमा पनि । तर काठमाडौं र दोलालघाटको रात पराइमा फरक छ । दोलालघाट सरल छ । रात परेपछि उसले निदाउन मात्र जानेको छ । अरु छक्का पंजा ऊ जान्दैन ।

पूणिर्माको रात । चन्द्रमाको पूरा आकृति दोलालघाटको आकाशमा उदाउँछ । ठीक पारिपट्टि देखिने विशाल पहाडको टुप्पोमा टुसुक्क बसे जस्तो । एकटक चन्द्रमालाई नियालिरहन्छु र मलाई छोरीको याद आउँछ । आफ्नै हाड र रगत नभए के भो, ऊ मेरी पनि छोरी नै हो । त्यसले आज बिहान पहिलो चोटि आँखा उघारेर च्याँहा गरी । त्यो पनि आजदेखि हाम्रो दुनियाँको एक अंश भई । आजै बिहान त्यसलाई अस्पतालमा भेट्न जाँदा मैले भनेको थिएँ - पूर्णिमाको चन्द्रमा जस्ती यो हाम्रो जीवनको पनि जून तारा हो, शुभ प्रभात हो । किनभने ऊ हाम्री छोरी हो !

तामाङ्ग दाइ आफ्ना पाहुनासँग बहस गर्दैछन्, नेपालमा प्रचलित जातभातको विषयमा हो क्यारे । भाउजू खाना पकाउँदैछिन् । उनीहरूकी तरुनी छोरी तीर्थ टोलाएर छेउमै बसेकी छ । तीर्थको हातबाट तामाङ्ग दाइ मलाई मेवा चखाउँछन् । तैपनि त्यो मसँग बोल्दिन । मेरो कुरा ध्यान दिएर सुन्छे, बेलाबेलामा मुसुमुसु हाँस्छे र आफ्ना कुरा पनि सुनाउँछे । उसको कुरा सुन्दा लाग्छ ऊ एसएलसी परीक्षाको तयारी गरिरहेकी छ ।

खाना खाएपछि केही लेख्‍न मन लाग्छ । काठले बारेको कटेरो अनि एउटा खुला झ्याल । यसो बाहिर हर्छु चन्द्रमाको टलक सुनकोशीको जलमा परेको छ । दृश्य प्यारो लाग्छ । संगीत सुमधुर लाग्छ । तर टाउको दुखेर भारी भएको छ । त्यसैले ढल्कन्छु र निदाउने चेष्टा गर्छु । अबेरसम्म निद्रा लाग्दैन । क्षण-क्षणमा आँखा आफै उघ्रन्छ, निद्रा खलबलिन्छ । के के बर्बराउँछु ।

...