चियङ राई प्रान्तमा अवस्थित मेकाचान शहरको सडक छेउमा जुनेलीको कटेरो छ । नाम त उनको जान्ट्रा हो । थाई भाषामा यसको अर्थ 'चन्द्रमा' हुन्छ । उमेरले उनी ४५ को हाराहारीमा हुनुपर्छ । उनका दुई हुर्किएका छोरीहरू छन् । जेठीको विवाह भइसकेको छ । उसकी एउटी छोरी पनि छ । कान्छी २४ वर्षकी छे । आमासँगै बस्छे । जुनेलीका श्रीमान् छैनन् । अन्तै कतै बस्छन् - कुनै अर्की तरुनीसित रे!
जुनेलीसँग मेरो पहिलो भेट २९ मार्च २००६ बुधबारको साँझ ७ बजे उनकै कटेरोमा हुन्छ । त्यस कटेरोमा उनको सानो पसल छ - राजमार्गको भट्टी र खाजा घर जस्तो । त्यहाँ उनी ताजा खाना पकाउँछिन् र सस्तो मूल्यमा खुवाउँछिन् । उनका ग्राहकहरू मदिराको साथ उनले पकाएको मीठो खाने कुरा विशेष स्वाद लिएर खान्छन् । जुनेली पनि बेला-बेलामा ग्राहकसँगै बसेर मदिरा पिउँछिन् । भान्सामा उनलाई उनकी कान्छी छोरी सघाउँछे । उनलाई त्यस छोरीकी आमा भनेर कसैले पत्याउँदैन । छोरी ठूलो जीउकी छे, मोटी छे । जुनेली आफ्नै छोरीभन्दा पनि कलिली देखिन्छिन् । सानी, दुब्ली - हँसिली, रसिली, पातली! उमेरले उनलाई बुढ्याएको छैन । लाग्छ, उनको अनुहारबाट जवानीको रङ्ग अझै हेटको छैन । उनको बोली नरम छ - कहिलेकाहीँ आफ्नो बोली आफै नसुन्लिन् जस्तो । उनको ओठमा मुस्कान एकछिन खाली छैन । मुस्कुराइरहन्छिन् । त्यसो त यो मुलुक मुस्कानै मुस्कानको दुनियाँ हो !
मेरा थाई दाजु पाठेप र उनका घनिष्ठ मित्र ठोङ्दीले साँझको खाना खाने कार्यक्रम जुनेलीको भट्टीमा राखेका छन् । म त्यहाँ पुग्दा पाठेपको पिउने क्रम शुरु भइसकेको हुन्छ । उनको छेउमा बसेर जुनेली पनि सुरुप सुरुप पिउँदैछिन् । टेबलमा मासुका केही परिकार राखिएका छन् - रक्सीलाई चटनी!
मलाई देखेर पाठेप र जुनेली दुवै उठ्छन् । र पाठेपले जुनेलीसँग मेरो छोटो परिचय गराइदिन्छन् - 'जुनेली, यी मेरो नेपाली भाइसँग भेट ।'
म दुई हात जोडेर जुनेलीलाई थाई शैलीमा अभिवादन गर्छु । विनम्रतापूर्वक उनी मेरो अभिवादनलाई स्वीकार्छिन् र आफ्नो अभिवादन मलाई फर्काउँछिन् । म उनलाई हेरेको हेरेकै हुन्छु । मानौं यति सुन्दर चेहरा मैले आजसम्म देखेकै छैन ।
'कस्तो लाग्यो त मेकाचान शहरकी सबैभन्दा सुन्दर युवती?' जिस्काउँदै पाठेप मलाई सोध्छन् ।
'सुन्दर । असाध्यै सुन्दर । यति सुन्दर त शायद पूर्णिमाको जून पनि नहोला!'
'अनुमान गर त, यिनको उमेर कति होला?'
'मैले अन्दाज गर्ने हो भने यिनी २० पनि पुगेकी छैनन् !'
पाठेप र ठोङ्दी मुर्छा परेर हाँस्छन् । जुनेली हल्का मुस्कुराउँछिन् ।
'तिम्रो उमेरकी यिनकी छोरी छ ।' ठोङ्दी भन्छन् । फेरि हाँसोको गडगडहाट छाउँछ ।
जुनेली अंग्रेजी बुझ्दिनन् । म टुटेफुटेको थाई भाषासम्म बोल्छु । पाठेप र ठोङ्दी सामान्य अंग्रेजी जान्दछन् ।
जुनेली मेरो लागि खाली गिलासमा बरफ हाल्छिन्, त्यसमा एक बिर्को सिग्राम हण्ड्रेड पाइपर्स स्कच ह्विस्की खन्याउँछिन् र त्यसमा पनि पानी मिसाउँछिन् । हाम्रा हातहातमा ह्विस्कीका गिलासहरु छन् । हामी आ-आफ्ना गिलासहरु उचाल्दै 'चियर्स' को भाषा बोल्छौं । जुनेली बेला-बेलामा भान्सा कोठामा जान्छिन् र खाना चलाउँछिन् । अरु बेला हामीसँगै बसेर पिउँछिन् । हाम्रा रितिएका गिलासहरु भर्छिन् ।
'जुनेली, तिमीलाई भेटेर मलाई असाध्यै खुशी लाग्यो । तिमी कति मायालु रहिछौ ।' म भन्छु ।
'मलाई मेरा सबै ग्राहकहरू माया गर्छन्' - शिष्ट बोलीमा उनी जवाफ फर्काउँछिन् । अनि सोध्छिन् - 'तिमीलाई यो ठाउँ कस्तो लाग्यो?'
'स्वर्गको एक टुक्रा जस्तो' - म भन्छु । 'यति सुन्दर पहाडहरु, यति राम्रो मौसम र यति आत्मीय मानिसहरु !'
आकाशमा बादल लागेको छ । हल्का हुरी-वतास चलेको छ । फाटफुट वर्षा पनि हुँदैछ । हामी पिउँदैछौं, गफ गर्दैछौं, हाँस्दैछौं । ९ बजेभित्र खानपिन सिध्याएर हिंडिसक्ने कुरो छ, तर १० बज्दा पनि बोतल रितिएको छैन ।
म पिउँदै पनि छु, खाँदै पनि छु । जुनेलीले पकाएको भात, भुटेको फुल र तारेको कुखुराको मासु असाध्यै रुच्छ । म एक सितो पनि बाँकी नराखी सबै खाना सिध्याउँछु । जुनेली दङ्ग पर्छिन् । कि यहाँका मानिसहरु पिउँदा त्यति खाँदैनन्, कि दिएको खाना सबै सिध्याउँदैनन् ।
पाठेप भन्छन् - 'आज मेरो मायालाई वतासले उडाएर लग्यो ।' केही घण्टा पहिले उनी मेकाचानमा आफ्नी मायालुलाई भेट्न गएका थिए । 'घरकी श्रीमती बूढी छ । कमसेकम एउटी अर्की तरुनी त चाहियो नि । कि कसो?' उनी भन्दै थिए । तर त्यसै समयमा उनकी मायालुको छोरो आमालाई भेट्न घर आएको रहेछ । त्यसैले उनले पाठेपलाई समय दिन सकिनन् । चिढिंदै पाठेप भन्छन्- 'मोरोलाई आजै आउनुपर्ने!'
हामी जुनेलीको सौन्दर्यको बखान गरेर अघाउँदैनौं ।
ठोङ्दी मलाई सोध्छन् - 'नेपाली भाइ, जुनेलीलाई सासू कहिले बनाउने? उनकी कान्छी छोरी अहिलेसम्म कतै गएकी छैन ।'
जुनेली खित्का छोडेर हाँस्छिन् ।
'म तिम्रो ज्वाइँ हुन कहाँ योग्य छु र, हैन त जुनेली? हेर त, तिम्री छोरी मभन्दा कति राम्री छे ।' उनकी लजालु छोरीतर्फ ईशारा गर्दै म भन्छु ।
ठोङ्दी भन्छन् - 'तिमी यसै ठाउँमा बस । हामीलाई अंग्रेजी सिकाऊ । तिम्रो लागि जुनेलीले हरेक दिन मीठो-मीठो खाने कुरा पकाउनेछिन् ।'
हामी सबै हाँस्छौं ।
'म कहाँ त्यति भाग्यवान् छु र!'
अब स्कचको बोतल रितिन्छ । तर जुनेली थाई रम पिउने चाहना गर्छिन् । ठोङ्दी जुनेलीको लागि उनकै भट्टीको रम मगाउँछन् । हामी सबैलाई हल्का मात लागिसकेको छ ।
'मेरो मायालाई वतासले उडाएर के भो!' पाठेप भन्छन् । 'जुनेली त छिन् । म जुनेलीलाई पनि त माया गर्छु नि! तर उनी भने एउटै पुरुषलाई माया गर्छिन् । र त्यो पुरुष हो मेरो आफ्नै सहोदर भाइ! मैले आफ्नी हुनेवाला बुहारीसँग लसपस गर्न त मिलेन । मेरो भाइले तिमीलाई धेरै थोक दिन सक्छ, किनभने ऊसँग धन पनि छ, दिमाग पनि छ । हेर त, मसँग के छ? मसँग तिमीलाई दिने केही पनि छैन, जुनेली!'
जुनेली मुसुमुसु हाँस्छिन् मात्रै । केही बोल्दिनन् । ठोङ्दी मतिर फर्केर भन्छन् - 'तिमीलाई जे-जे खान मन लाग्छ, मगाए हुन्छ । आजको साँझ मेरो नाममा!'
मेरो पेट भरिइसकेको छ । तर जुनेलीलाई थाई बियर पिउन मन लाग्छ । हामी सबै उनलाई साथ दिन्छौं । पाठेप र ठोङ्दी मलाई भन्छन् - 'अब तिमीले आफ्नो भाषामा एउटा गीत गाउनुपर्छ ।'
'एउटा मात्रै?'
'हो, एउटा मात्रै ।'
'ल ठीक छ । त्यसो भए मलाई अझै एकछिन पिउन देऊ ।' म भरी गिलास आधा बनाउँछु ।
जुनेली खित्का छोडेर हाँस्छिन् ।
'जुनेली, यो गीत तिम्रो लागि!'
जुनेलीको आँखामा आँखा मिलाउँदै म गाउन थाल्छु -
'म हेरिरहेछु अनुहार तिम्रो, र लागिरहेछ पूर्णिमाको जून हो
म सुनिरहेछु हर बात तिम्रो, र लागिरहेछ कुनै मीठो धुन हो'
जुनेली फेरि मुस्कुराउँछिन् र ताली बजाउँछिन् । पाठेप र ठोङ्दी 'वाह, वाह' गर्दै जुनेलीसँगै ताली बजाउँछन् ।
'जुनेली, अब तिम्रो पालो ।' म भन्छु । 'मैले तिम्रो लागि गाएँ । तिमी मेरो लागि नगाउने?'
जुनेली एकछिन शिर झुकाउँछिन् र फेरि मतिर हेर्दै मसिनो स्वरमा बोल्छिन् - 'मलाई गाउन त आउँदैन!'
पाठेप भन्छन् - 'पीर नगर, जुनेली! हामी छौं नि! हामी गाउँछौं तिम्रो लागि ।' अनि घोक्रो स्वरमा उनी एउटा थाई गाना गाउन थाल्छन् । ठोङ्दी स्वरमा स्वर मिलाउँछन् । जुनेली र म टाउको हल्लाउँदै हाँस्छौं र ताली बजाउँछौं ।
रातको ११ बजेको छ । पाठेप र ठोङ्दी थाकेका छन् । उनीहरु दुवैलाई भोलि बिहानै उठेर काम गर्नु छ । जुनेलीलाई पनि पिएर पुगेको छ । ठोङ्दी जुनेलीसँग हिसाब माग्छन् । मुश्किलले ५०० पुगेछ - त्यति धेरै खाना र पेयको हिसाब!
ठोङ्दी खल्तीबाट 'पर्स' निकाल्छन् र जुनेलीतर्फ हात बढाउँछन् - 'यी जुनेली, आजको हिसाब!'
त्यसै बेला उनको पर्सबाट एक प्याकेट कन्डम फुत्त टेबलमा खस्छ ।
'आच्या, नशाको सुरमा यसको त होसै बिर्सेछु । यो मेरी मायालुको लागि हो!'
पाठेप हाँस्छन् । 'अनि भाएग्रा चाँहि खै त? ६० वर्षको उमेर भएको थाहा छैन । वास्तवमा तिमी यस गाउँको हेड म्यान नभई बुढेसकालमा तरुनी खेलाउने ओल्ड स्नेक हेड म्यान हौ!'
'अनि आफू नि आफू? अघि भरखर कसको मायालाई वतासले उडाइलगेको कुन्नि?'
दुवै बूढाहरु गलल्ल हाँस्छन् । जुनेली साविक झैं मुस्कुराउँछिन् ।
'राम्रोसँग सुत है, जुनेली! हामी भोलि बिहान फेरि चिया खान आउँछौं ।'
बूढाहरु जुनेलीलाई छ्स्स पनि नछोई उनको भट्टीबाट बिदा हुन्छन् । म चुपचाप उनीहरुलाई पछ््याउँछु ।
३० मार्च २००६
रङनड, थाईल्याण्ड

2 comments:
साह्रै मीठो, हिक्मत। अझै पनि यस्तै कथाहरु पढ्न पाईओस्। यो घटना साँचै भएको हो त? ल त, अर्को नियात्राको प्रतिक्षामा।
You gave me a much more different picture of Thailand than the one I know.
very nice
Post a Comment