हरियो पाहाडमा
तिमी सोध्छौ मलाइ म किन भौतारीन्छु यी हरिया पहाडहरुमा;
म मुस्काँछु र मौन बस्छु किनकि मेरो हृदयम केहि पीर छैन।
खोल्सामा आरु को फूल जसरी बगेर अंजान स्थानमा जान्छ,
मेरो पनि मनवहरुको भन्दा अलगै दुनिया छ।
हिमालमा रक्सी खाने बेला गाउने गीत
प्रचिन शोक डुबाउन
हजारौं माना रक्सी पिउँछौ हामी
एक सुन्दर रातमा।
जुनको प्रकाशले सुत्न नसकेर।
अन्तमा रक्सीले मदहोश हामी
सुत्छौं त्यो बिरानो हिमालमा –
धरतीको सिरानी
र स्वर्गको सिरक बनाएर।
एक्लै पिउँदा
म मेरो रक्सीको बोतल लिएर एक्लै फूलहरुको माझमा
पिउन जान्छु, साथिहरु बिना।
म जून तिर लम्काँछु मेरो बोतल लोभाउनको लागि
त्यो, र मेरो छाया, तीन जना भयौं हामी।
तर जून पिउँदिन
र मेरो छाया मौन भएर मेरो नक्कल गर्छ।
म यात्रा गर्नेछु चन्द्रमा र छायासंग
रमाएर बसन्तको अन्त सम्म।
जब म गाउँछु चन्द्रमा नाच्छ,
र जब म नाच्छु, मेरो छाया पनि नाच्छ।
जीवनका पिडाहरु बाड्छौं हामि नशामा नहुँदा
र मदहोश हुँदा सबै आ-आफ्नो बाटो लाग्छौं।
सधैंभरिको मित्रहरु, हामे भौतारिए पनि
एक दिन फेरि भेट्नेछौ कतै कुनै संसारमा।
Subscribe to:
Post Comments (Atom)
1 comment:
ए साँच्ची, यो त "ली बो" भन्ने कविको कविता पो? म त बुझ्दै नबुझेर । ली (ल लेउ) बोका (खसि बोका) भन्ठानेको हाहाहाहाहा
Post a Comment