9.18.2006

रेनिअर् मारिआ रिल्के का चुनिन्दा कविताहरु

“किताब, प्रार्थनाका पलहरुको लागि” बाट


४.

मलाई मन पर्छ मेरा अस्तित्वका अँध्यारा पलहरु
जब मेरा चेतनाहरु खस्छन् त्यो गहिराईमा ।
मैलें उनीहरुमा पाएको छुँ, पुराना चिट्ठीहरुमा झैं,
मेरो निजी जीवन, जुन् पहिल्यै नै बाँचिई सकेको छ,
अनि अहिले बनेको छ विस्तीर्ण र प्रबल, किम्बदन्तीहरु झैं ।
तब म बुझ्छुँ कि ममा छ त्यो ठाउँ
एउटा दोस्रो विशाल र अनन्त जीवनको लागि ।।

तर कहिलेकाँहि लाग्छ कि म कुनै रुख हुँ, उभिईरहेको
एउटा चिहान माथि, एउटा पत्तेदार रुख, पूर्ण विकसित,
जस्ले बाँची सकेको छ त्यो विशेष स्वप्न, जुन त्यो मृत केटाले,
(जस्का वरिपरि न्याना जराहरु थिचीरहेछन)
हराएको थियो, आफ्ना विरक्त भाव अनि कविताहरु मा ।।

4 comments:

ek blog hasiyo said...

५.

तिमी अन्धकार, जुन बाट म आएँ,
म मन पराउँछु तिमीलाई ती सबै आगोहरु भन्दा
जस्ले घेरेर राख्छ यो सन्सारलाई,
किनकि आगो बनाउन्छ
एउटा घेरा उज्यालोको, सबैका लागि,
जस्को बाहिर बुझ्दैन कसैले तिम्रो बारेमा ।

तर अँध्यारो सबलाई भित्र तान्छ :
आकारहरु र आगोहरु, पशुहरु र म नि,
कति सजिलै बटुल्छ त्यो सबलाई ! -
शक्तिहरु र मानिसहरु -

अनि यो सम्भव छ कि एउटा ठुलो शक्ति
म नजिक बढिरहेछ ।

मलाई विश्वाश छ रातहरुमा ।।

ek blog hasiyo said...



देख्यौं त, मलाई धेरै चाहिन्छ ।
शायद सब थोक :
हरेक असीम गिराई बाट आउने त्यो अन्धकार र
हरेक उत्सर्गित पाईलाको कप्कपाउँदो चमक ।

अनि कति यतिकै बाँच्छन केहि नचाही,
अनि बढाईन्छन् राजकुमारहरुको श्रेणीमा
हलुँगा निर्णयहरुको अस्थिर सुगमता बाट ।

तर मन पराउँछौ तिमी हेर्न ती अनुहारहरु
कर्मठ र प्यासा ।

तिमी चाह्न्छौं सर्वाधिक ती सब जो चाहन्छन तिमीलाई
जसरी ती चाहन्छन् कुनै खन्ती या कुटो लाई ।

तिमी अझैं बुढो भएका छैनौं, न त अझैं नि ढिलो भएको छ
आफ्ना गहिरिँदा गहिराईहरु भित्र डुबुल्की मार्न
जाँहा जिन्दगी निर्मल्तापूर्वक आफ्ना रह्स्यहरु बाँट्छ ।।

Anonymous said...

मलाई विश्वाश छ रातहरुमा ।।

killer line! hamilai pani biswas chha raatharu ma. pahile pahile sandhyama biswas thiyo tara aajabholi adhyaro nabhai hudaina.

ek blog hasiyo said...

१९.

कहिलेकाहिं कुनै मान्छे खाँदाखाँदै उठ्छ
अनि बाहिर निस्किन्छ, र हिँड्दै जान्छ,
एउटा गिरिजाघर तिर, जुन ठिङ्ग उभिईरहेछ कतै पूर्व तिर ।

अनि उस्का सन्तान उस्को लागि पुजा गर्छन्, ऊ मरि नै सक्या झैं ।

अनि अर्को मान्छे, जो आफ्नै घर भित्र रहन्छ,
त्यहि नै बस्छ, भाँडाकुँडाहरु भित्र र काँचहरुमा,
किनकि उस्का सन्तान दूर् सन्सारमा जानु पर्ने छ
उहि गिरिजाघर तिर, जुन उस्ले बिर्सेको थियो ।।

...