एउटा अमरत्व
गाँऔ हामी प्रेम र गतिहाराका लागि,
छैन लायक अरु केहि पाउनका लागि ।
पुगेता पनि अनेकौं म देश,
छैन अरु केहि बाँच्नका लागि।
बरु म चाहन्छु त्यो मिठास,
पीडाले गुलाबका पँखुडी ओइलिए पनि,
हन्गरी मा ठुल्ठुला काम् हरु गर्नु भन्दा,
मानिसका विश्वाशहरु उछिन्दै ।
9.14.2006
Subscribe to:
Post Comments (Atom)
3 comments:
अर्को एक पाउन्ड:
अनि दिन अझैं पूरा छैन
अनि रात अझैं पूरा छैन
अनि जिन्दगी फुत्किन्छ खेत् को मूसा जस्तै
घाँस पनि नहल्लाई
good one! khet ka musa...
अनि अर्को पनि:
फ्रान्सेस्का
तिमी निस्कियौं त्यो रात बाट
हाथमा लिई फूलहरु,
अब तिमी निस्किने छौं मानिसका भ्रान्ति बाट,
तिम्रो बारे को कोलहल बाट ।
म, जस्ले देखी सकेको छ तिमीलाई तिम्रो गौणतामा,
रिसाउँछु जब तिम्रो नाम लिइन्छ
साधारण ठाँउहरुमा ।
मेरो मस्तिष्क माथि बरु शीतल लहर बगी दियोस्,
अनि सारा सन्सार सुकोस् मरेका पात झैं,
या दुबी फूल का कोसा झैं, अनि उडाई लगोस्,
ताकि तिमीलाई म फेरि पाउन सकुँ,
एक्लै ।
Post a Comment