3.23.2007
कविताको कला
कविताको कला
-खोर्गे लुइ बोर्गेस्
समय र पानीले बनेको नदिलाई नियाल्नु
र सम्झनु, समय अर्को नदी हो ।
जान्नु, हामी नदी जस्तै बिचलित हुन्छौं
र हाम्रा अनुहारहरु पानी जस्तै बिलाउंछन ।
कविताको कला
-खोर्गे लुइ बोर्गेस्
समय र पानीले बनेको नदिलाई नियाल्नु
र सम्झनु, समय अर्को नदी हो ।
जान्नु, हामी नदी जस्तै बिचलित हुन्छौं
र हाम्रा अनुहारहरु पानी जस्तै बिलाउंछन ।
ब्युंतनु अर्को सपना हो भन्ने अनुभव गर्नु
त्यो सपना नदेखेको सपना देख्नु र त्यो मृत्यु
हाम्रा शरीरलाई तर्साउने मृत्यु हो
हरेक रात, जसलाई हामी सपना भन्छौं।
प्रत्यक दिन र प्रत्यक बर्षमा एउटा चिन्ह देख्नु
मान्छेका सबै दिनहरु र उस्का बर्षहरुका ,
र बदल्नु बर्षहरुका क्रोधहरु
संगीत, सुसाहट , र एउटा चिन्हमा।
मृत्युमा सपना देख्नु, सुर्यस्तमा
सुनौलो दु:ख --शायद त्यो कबिता हो ,
बिनित र अमर , कविता,
उशा र सुर्यस्त जस्तै फर्कन्छ ।
कहिलेकाही साँझमा एउटा अनुहार
हामीलाई ऐनाको गहिराईबाट हेर्छ ;
कला त्यस्तो ऐना जस्तो हुनुपर्छ,
जुन प्रत्यकलाई उस्को अनुहार देखाउंछ ।
भन्छन् युलिसिस, आस्चर्यहरुबाट अमन्न,
इथाका देखेर मायाले रोएका थिए,
बिनित र हरियो । कला तेही इथाका हो
एउटा हरियो अनन्त, आस्चर्यहरु होइन ।
कला नदी बगेजस्तै अन्तहिन हुन्छ,
जुन बित्छ र रहन्छ र उहि शिशा
अस्थिर हेराक्लिटसको , जो उहि हो
र अर्को कुनै , अन्तहिन नदी बगेजस्तो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment