3.24.2006

Adam's Complaint

कसै कसैलाई
जेसुकै देउ तिमी
अझैं चन्द्रमा खोज्छन्।
रोटी, नून
सबै थरिका परिकार,
अझैं भोको।
सुहागरातको ओछ्यान्
र बच्चाको डोको,
अझैं रित्तो हात।
तिमी जमीन देउ उसलाई,
उसको पैतला मुनि आफ्नै धरातल,
अझैं जान्छन् यात्रामा ।
अनि पानी, सबै भन्दा गहिरो इनार खनी देउ,
अझैं पनि गहिराइ पुग्दैन
त्यसबाट चन्द्रमा पिउनकोलागि।

by Denise Levertov

No comments:

...