यदि त्यो जून मुस्काई भने, तिमी झैं देखिन्थी होली।
तिमी उस्तै छाप छोड्छेऊ
जस्तै कुनै चीज सुन्दर, तर विध्वंसकारी।
तिमी दुबै प्रकाश चोर्छौ।
उस्को गोलो मुख सन्सार हेरी विरक्तिन्छ, तिम्रो अप्रभावित,
अनि तिम्रो पहिलो सौगात हो सबैलाई ढुङ्गा बनाउनु।
म बिउँझिन्छु कुनै समाधिमा; तिमी त्यहि हुन्छौं,
संगमर्मर् को टेबुल् मा औंला बजाउँदै, चुरोट् खोज्दै,
आईमाई झैं द्वेषी, तर अलि कम त्रसित,
अनि कुनै निरुत्तर कुरा झिक्न व्याकुल।
जून पनि आफ्नो अधिनस्त् लाई सताउन्छें,
तर दिउँसो ऊ हाँस उठ्दी नै हुन्छिन।
तिम्रा असन्तुष्टिहरु भने
हुलाक बाट नियमित माया बोकी आउँछन,
सेतो र खाली, कार्बन् मोनोअक्साईड झैं।
कुनै दिन छैन तिम्रो खबर बाट सुरक्षित,
अफ्रिका मा घुम्दै शायद, तर मेरो बारे म सोच्दै।
link to english text: http://www.angelfire.com/tn/plath/rival.html
3.28.2006
Subscribe to:
Post Comments (Atom)
1 comment:
हाम्रो कवी जीका प्रेमका कविताहरु ह्रीदयको भित्रै बाट आएका हुन्छन्। उहाँलाई त कस्ले सक्नु?
Post a Comment