9.14.2009

भाषाका कुरा

जनमत-संग्रहको बेला जेल पर्दा मलाई भेट्न मेरी आमा आउनुभएको थियो । आमा मसँग नेपालभाषामा कुरा गर्दै हुनुहुन्थ्यो । प्रहरी आएर 'के कुरा गरेको यस्तो ? नेपालीमा कुरा गर' भनेर आमालाई र मलाई धम्क्यायो । मेरी आमा नेपाली भाषा कहिल्यै बोल्नुहुन्थेन । उहाँलाई नेपालीमा बोल्न खासै आउँदैनथ्यो पनि । प्रहरीले हामी आमा-छोरालाई पनि आफ्नो भाषामा कुरा गर्न दिएन । यो कस्तो व्यवस्था हो, आफ्नै आमासँग बोल्न पनि नपाइने ? मलाई एकदम रिस उठ्यो, रुन मन लाग्यो । म चिच्याएँ, म मेरी आमासँग आफ्नै भाषामा कुरा गर्न किन नपाउने ? यो कस्तो सत्ता हो, बोल्न पनि नदिने ?

मलाई अहिले पनि साम्प्रदायिक भनेर आलोचना गर्नेहरू छन् । समानताको नारा लगाउँदा साम्प्रदायिक भन्नेहरू छन्, हाम्रो समाजमा ।

Tuladhar on Nepal, Nepali and Nepal Bhasa >>

No comments:

...