9.20.2009

आजको आवश्यकता – नेपाली एकता!

आजको आवश्यकता नेपाली एकता!

सबैलाई चेतना भएको कुरा हो नेपाल अहिले चुनौतिहरुबिच अन्योलको बन्दी बनेको छ। ईतिहासको यो मोडमा हाम्रो सामु एउटा मूल प्रश्न खडा भएको छ हामि अगाडी बढ्ने कि पछाडी ? अग्रगमनको समर्थन गर्ने कि प्रतिगमनको?

माओवादी विद्रोह, जन आन्दोलन, र मधेशी, महिला र जनजातिको संघर्षले हाम्रो देश भित्रका असामनता र बिरोधहरुलाई सतहमा ल्याईदिएका छन्। र बिर्सन नहुने कुरा, ठाडो भारतिय हस्तक्षेपले हाम्रो देशको स्वतन्त्रतामाथि नै प्रश्न चिन्ह लागेको छ।

अबको बाटो अगाडी बढ्ने बाटो हुनुपर्छ। तर अफसोच, पुरानो नेपालका हर्ताकर्ताहरु देशलाई अर्को गृहयुद्धमा धकेलेर ल्याएर मोज गर्ने योजनामा एकजुट भएका छन्। उनिहरुलाई बिफल पार्न, स्वेच्छा वा बाध्यताले संसारभरि छरिएर रहेका नेपालीहरु सकृय हुनु नेपाली भएको नाताले आउने उत्तरदायित्व हो।

हाम्रा मागहरु:

संविधान लेख्ने काम पुरा गर!

जनताको चाहना राजनितिक पार्टिहरु मिलेर, र बिद्रोही समूहहरुसंग तत्काल वार्ता गरेर, समावेशी संविधान बनाउनु हो।

विधिको शासन लागु गर!

एउटा पार्टीको होईन, दुईटा सेनाको होईन। हामिलाई विधिको शासन चाहिन्छ। कानून राष्ट्रपति र प्रधानमन्त्री देखि लिएर आम जनता सबैलाई बराबर हुनु पर्दछ। मानव अधिकारको रक्षा गर। वेपत्ता नागरिकको खोजी गर। दोहोरो भिडन्तको नाउँमा निर्दोष मधेशी र जनजातिको हत्या गर्न बन्द गर।

चुनाब र भोटको बेईज्जत नगर!

लोकतन्त्रमा जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोस्न पाईंदैन्। अधिनायकवादी नबन्।

भारतिय हस्तक्षेप अन्त्य गर!

पुजारी देखि प्रधानसेनापति, प्रधानमन्त्री देखि हाम्रो विदेशी निति भारतिय हष्तक्षेप हामिलाई अमान्य छ। नेपाल स्वतन्त्र राष्ट्र हो। भारतको ऊपनिवेश होईन।

बिरोध कार्यक्रम

२६ सेप्टेम्बर २००९, दिउसो १२ ३ बजे, ड्याग ह्यमर्सकोल्ड प्लाजा (यू्. एन. प्लाजा)

सडक नं पूर्व ४७, पथ १ र २ बिच

कृपया सकेसम्म कालो टि-सर्टमा र कालो झन्डा बोकेर आउनुहोला

आयोजक: न्यू योर्कमा बस्ने नेपाली बिध्यार्थीहरु

फोन: ३६१ ८१५ ६९४४, ४०२ ९७२ ७४००

NEPALIS UNITE!

We know that Nepal faces many challenges in moving forward with the Comprehensive Peace Agreement and drafting a constitution. As the country is stuck in a limbo, at this crucial juncture of Nepali history, we must ask ourselves - in what direction are we moving? Is our politics going to move forward? Or is it going to be the same old power politics that we have witnessed and lived with since 1990s?

The Maoists’ People’s War, the 2006 democratic movement, Madhesi movement, women’s voices and the struggle of the indigenous unveiled the systematic inequality and injustice experienced by many in Nepal. Furthermore, recent events have also exposed the extents to which India intervenes in Nepali politics, compelling us to question our independence as a sovereign nation.

Nepalis everywhere want to move forward. But, we are held back by the same people who are supposed to lead us into a better future. The old politicians, the creators and the beneficiaries of the old system, are pushing Nepal into another civil war and political stagnation. Nepalis abroad need to unite and express our discontents with the current government.

Our demands:

Write the constitution on time!

All political parties should come together, talks should be held with rebel groups, and the constitution should be written on time.

Practice Rule of Law!

We want the rule of law and not the law of one party or two military groups. The rule of law should be followed by all citizens, which includes the president, prime minister, party leaders, army generals and police. Protect human rights. Investigate on the disappeared people. Stop fake encounters that kill many innocent Madhesis and minority ethnic groups.

Respect elections and people’s choices!

The people have expressed their preference. In a democracy, only those elected by the people are allowed to lead the government.

End Indian intervention!

India’s blatant intervention can be seen from the appointment of Pashupati’s priest to the appointment of the Chief of the Army. We’re a sovereign and independent nation. Not a colony.

JOIN US AT THE PROTEST:

September 26, 2009, 12pm to 3pm.

Dag Hammarskjold Plaza (UN Plaza)

Located at East 47th street between 1st and 2nd avenue

Please wear a black t-shirt and bring black flags.

Organizers: Nepali students in New York

Phone: 361 815 6944 , 402 972 7400

No comments:

...