Showing posts with label बिधार्थी राजनीती. Show all posts
Showing posts with label बिधार्थी राजनीती. Show all posts

3.25.2009

तातो न छारोको “सचेत वर्ग”

शीर्षक एकदमै मन पर्यो...
हिमालखबर, कान्तिपुर र दैनिकी लगायतका दैनिक, साप्ताहिक पत्रपत्रिकाहरू र अनलाइन पोर्टलमा पनि लेख, विश्लेषण र आफ्ना भनाइहरू प्रकाशित भए। धेरै लेखको एउटै आशय छ, “सचेत” मतदाता रहेका क्याम्पसहरूको परिणामले माओवादीको अस्तित्वलाई चुनौति दियो। संविधान सभाको चुनाव धाँधलीपूर्ण थियो, त्यहाँ “अचेत”, अबुझ, गाउँले, अशिक्षित मान्छेहरूले भोट हालेका थिए। उनीहरूले बुझेका थिएनन्। उनीहरू अशिक्षित थिए, चेतना थिएन। लोभि थिए; पैसामा बिके र डर धम्कीका कारणले उनीहरूले माओवादीलाई भोट हालेका कारण माओवादीले चुनाव जित्यो। तर, स्ववियू निर्वाचन मार्फत् माओवादीका कृयाकलापका विरूद्धमा “सचेत” वर्गले आफ्नो अभिमत जाहेर गर्यो, आदि इत्यादि।

बांकी>>

...