Showing posts with label Khagendra Sangraula. Show all posts
Showing posts with label Khagendra Sangraula. Show all posts

10.11.2009

वामदेव पहाडी - डबल एमए, बिएल

वामदेव सर गुत्थ फुलेर ओछ्यानमा बसेका थिए। अगाडि टेबुलमा मेरो निबन्ध थियो। निबन्ध हरफैपिच्छे रातो मसीले रंगिएको थियो र फड्के किनारमा पनि कमिलाको गोलोसरी राताम्मे अक्षरहरू थिए। त्यो देखेर म खङ्रंगै भए"। काठमाडौं जाने मेरो रंगीन सपनामा आगलागी भयो। 'जुन हो त्यही" खडा हुनू,' मैले ढोकाभित्र पाइला टेक्नासाथ वामदेव सर गर्जिए। टेबुलको राताम्मे निबन्धमा खरानी भएको आफ्नो सपनालाई मर्माहत दृष्टिले हेर्दै म मूर्तिवत ठिंग उभिए"। 'जुन हो खुट्टा उठाउनू,' दण्ड भोग्ने कसुर बुझ्दै नबुझी मैले आतेसको भावमा दाहिने खुट्टो उचाले।" 'जुन हो बेबकुफ दुवै खुट्टा उठाउनू।' म किंकर्तव्यविमूढ भए"। 'जुन हो महामु' धरती छोडेर हावा टेकेर हि"ड्नू' भन्न खोजेको के हो भुत्तिभाङ केही नबुझी म अवाक, अचल र निस्तेज भए"।

Khagendra Sangraula gets a lesson in literature>>

...