9.12.2006

रेनिअर् मारिआ रिल्के

रिक्त हर्ष


उनी जो आइनन्, के तापनि उनी थिइनन्
दृढ मेरो मुटु सम्हाल्न र सजाउन?
यदि हामी बाँचेका भए आफूलाई मनपर्दो बन्न,
यो मुटुले के बनाउनु पर्थ्यो होला?

रिक्त छाडिएको प्यारो हर्ष, शायद तिमी नै हौ
मेरा सारा दु:ख र मायाहरुका केन्द्र ।
यदि मैले तिम्रो लागि नै यति रोएको हुँ भने, त्यो किन कि
मैले तिमीलाई छाने अरु ज्ञात हर्षहरु माझ ।।

1 comment:

ek blog hasiyo said...

अगाडि बढ्दै

मेरा जीवनका गहिरा भागहरु छचल्किन्छन्,
नदीका तट हरु खोलिए झैं ।
लाग्छ कि अब सब चीज म जस्तै छन्,
कि म देख्न सक्छु चित्रहरु अझ गहिराईमा ।
लाग्छ नजिक छुँ शब्दहरुले छुन नसक्ने ठाँउको ।
मेरा इन्द्रियहरु का साथ, चराहरु झैं, म चढ्छुँ
बतासे स्वर्ग तिर, सिमल को रुख बाट बाहिर,
आकाश बाट झरेका तलाऊहरुमा
मेरो झराई डुब्छ, माछाहरु माथि उभिए झैं ।

...