9.13.2006

पाब्लो नेरुदा

"बीस कविता प्रेमका र एक निराशाको" बाट

यो रात म लेख्न सक्छु सबसे दुखी हरफहरु ।

लेख्न सक्छु जस्तै कि: 'यो रात् भाँचिएको छ
अनि ती काँप्छन्, नीला, ती ताराहरु, टाढा ।'

हावा यो रातको घुम्छ आकाशमा, अनि गाउँछ ।
यो रात म लेख्न सक्छु सबसे दुखी हरफहरु ।
म उस्लाई माया गर्थे, र ऊ नि मलाई कहिले काहिं ।


यो रात म लेख्न सक्छु सबसे दुखी हरफहरु ।

लेख्न सक्छु जस्तै कि: 'यो रात् भाँचिएको छ
अनि ती काँप्छन्, नीला, ती ताराहरु, टाढा ।'

हावा यो रातको घुम्छ आकाशमा, अनि गाउँछ ।
यो रात म लेख्न सक्छु सबसे दुखी हरफहरु ।
म उस्लाई माया गर्थे, र ऊ नि मलाई कहिले काहिं ।

यस्तै रातहरुमा म उस्लाई अँगाल्थे ।
र चुम्थे बेस्सरी अपार आकाश मुनि ।

ऊ मलाई माया गर्थी, र म नि उसलाई कहिले काहिं ।
म कसरी मन नपराउन सक्थे, उसका ठूला, स्थिर आँखाहरु ।

यो रात म लेख्न सक्छु सबसे दुखी हरफहरु ।
सोच्न कि ऊ मेरी होइनन्, लाग्न कि मैले उसलाइ गुमाई सकें ।

सुन यो विशाल रात, विशालिँदो उनी बिना ।
धर्काहरु खस्छन् आत्मामा, घाँस मा शीत् झैं ।

के भो त मैले उसलाई राख्न सकिन ?
यो रात भाँचिएको छ र ऊ म सँग छैनन् ।

बस् यति नै हो । कोहि गाउँछ टाढा । टाढा,
मेरो आत्मा सन्तुष्ट छैन उसलाई गुमाएकोमा ।

ऊ सम्म पुग्न खोजे झैं, मेरा नजर उस्लाई खोज्छन् ।
मेरो मुटु उस्लाई खोज्छ: ऊ म सँग छैनन् ।

उहि रात सेतिन्छ, उहि हाँगाहरुमा ।
हामी, त्यहि समय देखि, उहि छैनौं ।

म उस्लाई मन पराँउदिन, यो निधो छ, तर कसरी म उस्लाई मन पराँउथे !
मेरो आवाज खोज्थ्यो त्यो झोंका ऊ सम्म पुग्न ।

अरुका चुम्बनहरु ऊ माथि, मेरा चुम्बन झैं ।
उस्को आवाज, उस्को उज्यालो तन, अनन्त आँखाहरु ।

म उस्लाई मन पराँउदिन, यो निधो छ, तर शायद म उस्लाई मन् पराँउछु ।
माया क्षणिक हो: बिर्साई लामो ।

किनकि, ती रातहरुमा, मैंले उस्लाई अँगालेको थिएँ,
मेरो आत्मा खिन्न छ, उस्लाई गुमाएकोमा ।

यद्यपि यो अन्तिम दुख हो उस्ले मलाई दिने,
र यी अन्तिम हरफहरु मैले उस्को लागि लेख्ने ।।

No comments:

...