9.14.2006

चार्ल्स बुकाव्स्की

८ गन्ती


मेरो ओछ्यान् बाट
म हेर्छु
३ चराहरु
टेलिफोन
तारमा ।
एउटा उडी
जान्छ ।
अनि
अर्को ।
एउटा बाँकी,
अनि
त्यो नि
गयो ।
मेरो टाईप् राईटर्
चिहाने पत्थर
अझैं ।
अनि म
मात्र चरा
हेर्दै ।
यतिकै
तलाई थाहा
दिएको,
चिक्ने ।

4 comments:

ek blog hasiyo said...

खसाई

नाङै घर को छेऊमा,
आठ बजे बिहान, तिलको तेल घस्दै
आफ्नो जीउमा, भगवान, के म यसमा
झरीसके?
एक ताका म लड्थे अँध्यारा गल्लीहरुमा
एउटा हाँसो को लागि ।
अब म हाँसेको छैन।
तेल छर्किन्छु र सोच्छु,
कति वर्ष चाहियो मलाई?
कति दिन?
मेरो रगत माटि्एको छ र एउटा कालो
स्वर्गदूत मेरो मस्तिष्क भित्र बस्छ ।
सब केहि चीज बाट बन्छन् र
शून्यता मा जान्छन् ।
म बुझ्छु पतन शहरहरुको, देशहरु
को ।
एउटा सानो प्लेन माथि बाट उड्छ ।
म मास्तिर हेर्छु, मास्तिर हेर्नुको
अर्थ भए झैं ।
यो सत्य हो, आकाश कुहिई सक्यो:
अब धेरै छैन हामी कसैका
लागि ।

ek blog hasiyo said...

मिनी स्कर्टमा एउटी केटी मेरो झ्याल बाहिर बाईबल पढ्दै

आईतवार, म खाँदै छुँ
भोगटे, चर्च उता रसिअन
अर्थोडक्स पट्टि
पश्चिम तिर ।

ऊ काली छे
पूर्व तिर की,
ठूला कैंला आँखाहरु बाईबल बाट माथि हेर्छन
अनि तल । एउटा सानो रातो र कालो
बाईबल, अनि पढ्दा
उस्का खुट्टाहरु हल्लिँदै, हल्लिँदै,
मन्द तालमा नाच्दैं
बाईबल पढ्दैं …

लामा सुनौला कानका बालीहरु;
दुईटा सुन कै बालाहरु दुबै हाथमा,
अनि त्यो मिनी सुट हो, मलाई लाग्छ,
जीँउलाई ट्याप्प समात्छ लुगाले,
लुगा हलुका रङको,
ऊ यता सर्छे अनि उता,
लामा गँहुगोरा खुट्टाहरु घाम ताप्दै …

उस्को अस्तित्व बाट भाग्न सकिन्न
न त छ त्यो इच्छा नै …

मेरो रेडिओमा सिम्फोनिक म्युजिक बज्दै छ
जुन उस्ले सुन्न सक्दैन
तर उस्का चालहरु मिल्छन
ठ्याक्कै तालहरु सँग
यो सिम्फोनीको …

ऊ काली छे, ऊ काली छे
भगवानको बारे पढ्दैं ।
भगवान म हुँ ।

ek blog hasiyo said...

कविताहरु पुग्दा हजारौंमा

कविताहरु पुग्दा हजारौंमा, तिमी
बुझ्छौं कि तिमीले रच्यौं धेरै
थोरै ।

Anonymous said...

wahh wahh whaahhhhhh

...