11.03.2009

दूत थरिथरिका

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटवार्ताबारे उल्लेख गर्दै काठमाडौंस्थित बेलायती दूतावासले जारी गरेको विज्ञप्तिमा छ, 'ईयू र रुसी राजदूत तथा अमेरिकी कार्यवाहक राजदूतले योजनाबद्ध प्रदर्शनी र तनाव बढाउने जोखिमका कार्यक्रमबारे गम्भीर चासो व्यक्त गर्दै माओवादी अध्यक्षलाई त्यस्तो कार्यक्रमबारे तुरुन्त पुनर्विचार गर्न आग्रह गरे ।'
...भेटघाटमा डेनमार्क, फ्रान्स, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड, रुस, अमेरिका, बेलायत र युरोपेली नियोगका प्रतिनिधि सामेल थिए ।
कान्तिपुर लेख्छ>>
दूतहरुले विज्ञप्ति निकाल्न थाले भने मलाई ज्ञानेको शासन याद आउँछ। त्यो बेला पनि भटाभट विज्ञप्ति निकाल्थे दूतहरु। मोरियार्टी भन्ने अमेरिकन त कहिले काठमान्डू कहिले पोखरा भाषण ठोक्न पनि लाज मान्थेन। मोरियार्टीले बिंडो थाम्ने काम भारतको दूत राकेश सूदले लिएको छ। तर पनि त्यो बेलाको र अहिलेको प्रसंग बेग्लै छ।

आखिर माओवादीहरुले पनि दूतहरुको दवावमा (?)  विमानस्थल घेर्ने कार्यक्रम फिर्ता गरे। 

यो पाली दुई खाले  दूतहरु छन्, खेलमा। छिमेकी दूतहरुको छुट्टै भाउ छ। भारतिय दूत बिराटनगर पुगेर माकुनेको सरकारनै टिकिराख्नुपर्छ सम्विधान नलेख्दासम्म भनेछ। चिनिया दूत चाहिं चुपचाप छ। जबसम्म तिब्बति शरणार्थिलाई पिट्नु पर्ने आवश्यकता हुँदैन, तबसम्म उसलाई बोल्न पनि के जरुरी हुन्थ्यो! चिनियाको ट्याक्टिक छुट्टै छ, अलि गम्भिर, सकेसम्म कुरा गोप्य नै राख्ने।

यसैबिच माकुनेको सरकारलाई अर्को टेन्सन थप्न बान कि मुनले नेपालमा संयुक्त सरकार (बानको शब्दमा - A government of national unity) हुनपर्छ भनेर सुरक्षा परिषदमा रिपोर्ट पठाएछ। नेपाल सरकारको प्रबक्ता शंकर पोख्रेलले यसलाई संयुक्त राष्ट्र संघको हस्तक्षेप भने संज्ञा दिएछ। एमालेको अर्को नेता ईश्वर पोख्रेलले चाहिं "हिम्मत भए जनविद्रोह गरेर सत्ता कब्जा गर" भनेर माओवादीलाई चुनौति दिएछ। एमालेको कहिल्यै घाम नलाग्ने घैंटाहरुलाई पनि मान्नु पर्ने हो। जनविद्रोह गरेर रातारात सबैभन्दा ठूलो पार्टी भैसकेको माओवादीलाई अझै शक्तिशाली बनाएर भविष्यमा के खाने बिचार गरेको छन् यि नेताहरुले?

बोलानो भन्ने चिलेको लेखकले  दक्षिण अमेरिकामा जन्मे पछि हिंसाबाट उम्किन सकिदैन भन्थ्यो। तलको फोटो हेर्दा उसको भनाई याद आयो --- It's strange how things happen, Mauricio Silva, known as the Eye, always tried to escape from violence even at the risk of being considered a coward, but the violence, the real violence, can't be escaped, at least not by us, born in Latin America in the 1950s, those of us who were around twenty years old when Salvador Allende died.

फोटो: कान्तिपुर, गोविन्द आजादको माहिलाको स्थिति

No comments:

...